Like Us On Facebook Click Here

नेपालमा फिल्मको प्रिमियर गर्ने चलन विस्तारै हराउँदै गएको अवस्थामा बिदेशी मुलुकमा भने शुरू हुन थालेको छ । खर्च भन्दा पनि आम्दानी हुने भएकाले नेपाल रिलिज पूर्व बिदेशमा फिल्मको प्रिमियरको शुरूवात गर्न थालिएको हो । अहिलेसम्म बिदेशमा भएका प्रिमियरमा फिल्म निर्माण युनिटका १/२ सदस्य मात्र सहभागी हुन्थे तर कतारमा हुन लागेको फिल्म 'कलिउड' को प्रिमियरमा भने फिल्मका मुख्य कलाकार, निर्देशक, निर्माता सहितको एक जम्बो टिम नै सहभागी हुँदैछ । माघ ५ गते नेपालमा सार्वजनिक प्रदर्शन हुन लागेको यो फिल्मलाई कतारमा ऐतिहासिक ग्राण्ड प्रिमियर गर्ने फिल्मका नायक मध्येका एक बिष्णु कार्कीले फोन सम्पर्कमा भने । कतारबाट कुरा गर्दै उनले भने, 'हामीले अहिले सम्म बिदेशमा नभएको प्रिमियर गर्ने तयारी गरेका छौं ।' यहि आउँदो शुक्रबार बिहान ११:३० बजे कतारको दोहा स्थित दोहा सिनेमा हलमा रेड कार्पेटका साथ फिल्म कलिउडको प्रिमियर गरिंदै छ । उक्त प्रिमियरमा नायिका प्रियंका कार्की, नायक आर्यन सिग्देल र बिष्णु कार्की, निर्देशक नवराज आचार्य, निर्माताद्धय नरेन्द्र सिंह ठकुरी र बिशाल श्रेष्ठ तथा क्यामेराम्यान हरि हुमागाईंको साथमा कतारमा रहेका अन्य कलाकार, बिभिन्न संघसंस्थाका प्रतिनिधि सहित दर्शकको उल्लेख्य सहभागीता हुने नायक कार्कीको भनाई छ ।
नायक कार्कीले ११:३० को लागि टिकट बुकिङ भईसकेकाले सोही समयका सँगै रहेको अर्को हलमा पनि फिल्म शोको आयोजना गर्ने सम्भावना रहेको बताए । उनले भने, 'दर्शकको उत्साह निकै पाएका छौं त्यसैले बिहान दुई शो गर्ने तयारी गरेका छौं ।' दिउँसो २:३० बजे पनि सोही स्थानमा अर्को शो गरिने छ र कलाकारहरूले दर्शकलाई साथ दिनेछन् । पब्लिसिटीका लागि दौडधुपमा रहेका नायक आर्यनले फिल्मीखबरसँग कुरा गर्दै भने, 'हामीले जति नेपालीलाई भेटेका छौं उहाँहरू सबै फिल्म हेर्न उत्सुक हुनुहुन्छ ।' आफू पनि फिल्म भित्रको फिल्ममा काम गरेकाले प्रतिक्रिया लिन निकै उत्साहित रहेको आर्यनको भनाई छ । यता भर्खरै मात्र फिल्म क्षेत्रमा पाईला चाल्दै गरेका नायक कार्कीले पनि प्रतिक्रिया लिन निकै आतुर रहेको बताए । उनले भने, 'शुक्रबार मेरो मात्र हैन सम्पूर्ण टिमका लागि पर्खाईको दिन बनेको छ ।' निर्माताहरू लामो समय देखि कतारमा बस्दै आएकाले पहिलो शो कतारमा गरिएको हाल नेपालमा रहेर फिल्म पब्लिसिटीमा जुटेका निर्माता टंक कार्कीले बताए । कतार प्रिमियर पश्चात शनिबार नै कलाकारको टिम नेपाल आउने छ र थप पब्लिसिटीमा जुट्ने छ । नेपालमा माघ ३ गते फिल्मको प्रिमियर गरिने बताईएको छ ।

कतारमा `कलिउड` प्रिमियरको भव्य तयारी

  • Uploaded by: EntFilm
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     
    Copyright © THEMCNEPAL | Designed by Templateism.com | WPResearcher.com | Blogger Templates