काठमाण्डौ / आशीफ शाह निर्देशित नेपाली कथानक चलचित्र ‘कर्कश’को फर्स्टलुक, प्रोमो तथा पोस्टर सार्वजनिक गरिएको छ । बिहिवार राजधानीको कुमारी हलमा एक कार्यक्रम मार्फत सार्वजनिक सो चलचित्रको प्रोमोमा मुख्य भुमिकाका कलाकारहरु सुरज सिंह ठकुरी, दयाहाङ राई, सत्यराज आचार्य, रेमनदास श्रेष्ठ लगायतलाई फोकस गरिएको छ । 
सो चलचित्रमा हर्षिका श्रेष्ठ, रागिनी खड्की सँगै हल्याण्डकी नायिका क्याटालिन जेन्सन नायिका सँगै महिला पात्रको भुमिका मा छन् । आगामी जेठ ३१ गते देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको सो चलचित्र ब्याण्डसँग जेडिएका युवाहरुको समस्यालाई जोडेर बनाइएको चलचित्र रहेको निर्देशक आशीफ शाहले ठुलोपर्दालाई बताए । 

अ जी टु वान प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण भएको ‘कर्कश’का निर्माता भने असिम शाह हुन् । साथीहरुले साथीहरुकै बारेमा बनाएको चलचित्र भएकोले आफ्नो चलचित्र पुर्ण रुपमा रोमान्टिक कथामा आधारित चलचित्र रहेको सो चलचित्रको निर्माण युनिटले जनाएको छ । 

Trailer Down Here

खोलियो ‘कर्कश’को अनुहार !!

  • Uploaded by: EntFilm
  • Views:
  • Category: , ,
  • Share

    0 comments:

    Post a Comment

     
    Copyright © THEMCNEPAL | Designed by Templateism.com | WPResearcher.com | Blogger Templates